Close This

मतदान गर्दा कोभिड संक्रमणबाट कसरी बच्ने ? यस्ता छन् उपाय

शनिबार बैशाख २४, २०७९/ Saturday 05-07-22
Paschim Today

काठमाडौं,२४ वैशाख ।  स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा मतदान गर्दा कोभिड–१९ संक्रमणको जोखिमबाट सचेत रहन सरकारले आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले मतदान गर्दा सचेत हुन निर्वाचन आयोगले आग्रह गरेको छ । 

यस्ता छन् सावधानीका उपायः–
भोट हाल्न मतदान केन्द्र जानु अघि साबुनपानीले हात धुनुपर्छ भने घरबाट बाहिर निस्किनु अघि मास्क लगाउनुपर्छ । मतदान केन्द्रमा लाइनमा उभिँदा एक–अर्काबीच कम्तीमा २ मिटर दुरी राख्नुपर्ने आयोगले जनाएको छ ।

आफूभन्दा अगाडिको मतदाता अघि बढेपछि मात्र आफू अघि बढ्नु पर्ने जनाएको आयोगले मतदाता परिचयपत्र रुजु गराउँदा वा नङमा मसी लगाउँदा सामाजिक दुरी राख्न भनेको छ । 

मतपत्र लिने बेला भरसक आफ्नै कलमले अधकट्टिमा हस्ताक्षर गर्न अनुरोध गरेको आयोगले मत पेटिकामा आफ्नो मतपत्र खसालेपछि स्यानिटाइजरको प्रयोग गर्न आयोगको आग्रह छ ।वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।