Close This

आईपीएलमा मुम्बईमाथि कोलकोत्ताको शानदार जित

मंगलबार बैशाख २७, २०७९/ Tuesday 05-10-22
Paschim Today

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ। कोलकोत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो।

सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई १७ ओभर ३ बलमा अलआउट भयो। उसले १ सय १३ रनको मात्र योगफल बनाउन सक्यो।

पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो। जितसँगै सातौं स्थानको कोलकत्ताले १२ खेलमा १० अंक जोडेको छ।मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले भने टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए। कोलकत्ताका प्याट कमिन्सले तीन तथा आन्द्रे रसेलले दुई विकेट लिए।

कोलकत्ताका नितिश राना र भेन्काटेस एयरले समान ४३–४३ रन बनाए भने अजिन्का रहानेले २५ रन जोड्दा रिन्कु सिंहले अविजित २३ रन जोडे। मुम्बईका जस्प्रित बुम्राहले एक्लै ५ विकेट हात पार्दा कुमार कार्तिकेयाले २ विकेट लिए।