Close This

हिंसा भड्किदा श्रीलंकामा सांसदसहित तीन जनाको मृत्यु

मंगलबार बैशाख २७, २०७९/ Tuesday 05-10-22
Paschim Today

श्रीलंकामा हिंसा भड्किँदा एक सांसदसहित कम्तिमा तीन जनाको मृत्यु भएको छ। प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएलगत्तै भड्किएको हिंसामा सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरलाको मृत्यु भएको छ। उनका सुरक्षा गार्डको पनि मृत्यु भएको बताइएको छ।

प्रदर्शनकारीले माउन्ट लाविनियास्थित उनको आलिशान घरमा आगजनीसमेत गरेको छ। प्रहरीका अनुसार सांसद अथुकोरलाले फायरिङ खोलेपछि उनीमाथि आक्रमण भएको थियो। हिंसामा एक जना प्रदर्शनकारीको समेत मृत्यु भएको बताइएको छ। 

श्रीलंकाको आर्थिक संकट झन् चुलिएपछि राष्ट्रपति गोटवाया राजापाक्षेले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा दिन आग्रह गरेका थिए। उनको आग्रहलाई स्वीकार्दै महिन्दाले सोमबार राजीनामा दिएका थिए। राजीनामा लगत्तै उनका समर्थकहरुले प्रदर्शन सुरु गरेको बताइएको छ।