Close This

लगातार चाैथाे दिन पनि शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22
Paschim Today

काठमाडौँ,२८ वैशाख । लगातार चौथो दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ०६ अङ्कले बढेर दुई हजार तीन सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा बीमा, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि केही बढेको छ । दुई सय २९ वटा कम्पनीका ५३ लाख ३३ हजार कित्ता शेयर दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत् आयोजनाको १० करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । अरू पाँच वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर एक प्रतिशतभन्दा धेरैले घटेको छ ।