Close This

सेती अस्पतालले भन्यो, ‘आइतबार ओपिडी सेवा यथावत रहन्छ’

बिहीबार बैशाख २९, २०७९/ Thursday 05-12-22
Paschim Today

धनगढी,२९ वैशाख । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आईतबार पनि ओपिडी सेवा यथावत रहने जनाएको छ। अस्पतालले बिहीबार  एक सूचना जारी गर्दै यस्तो जनाएको हो। 

सूचनामा भनिएको छ, ‘सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरि शनिबार र आईतबार हप्तामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेकोमा यस अस्पतालले विरामीको चापलाई ध्यानमा राख्दै अस्पतालले ओपिडी सेवा स्थगन नगर्ने र सेवा यथावत रहने छ।’ 

अस्पतालले आन्तिरिक व्यवस्थापनबाट सेवाको प्रवन्ध मिलाएको जनाएको छ।नेपाल सरकारले परीक्षणका रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशन गरिसकेको छ ।

यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ।तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्रै रहने जनाइएको छ।