काठमाडौंमा सुरु भयो मतगणना
शनिबार बैशाख ३१, २०७९/ Saturday 05-14-22
Paschim Today
काठमाडौं,३१ वैशाख । महानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान ८ बजेबाट शुरू गर्ने भनिए पनि केहीबेर अघिबाट मात्रै मतगणना सुरु भएको हो ।
मतगणना वडा नं. १ र ३२ बाट सुरु गरिएको छ । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना समयमै सुरु हुन सकेको थिएन ।
काठमाडौं महानगरको मेयरमा एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेवार बालेन शाहलगायत उम्मेदवार छन् ।
तपाईको प्रतिक्रिया