Close This

काठमाडौंमा सुरु भयो मतगणना 

शनिबार बैशाख ३१, २०७९/ Saturday 05-14-22
Paschim Today

काठमाडौं,३१ वैशाख । महानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान ८ बजेबाट शुरू गर्ने भनिए पनि केहीबेर अघिबाट मात्रै मतगणना सुरु भएको हो । 
 
मतगणना वडा नं. १ र ३२ बाट सुरु गरिएको छ । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना समयमै सुरु हुन सकेको थिएन । 

काठमाडौं महानगरको मेयरमा एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेवार बालेन शाहलगायत उम्मेदवार छन् ।