Close This

अविरमाला 

बुधबार जेठ ११, २०७९/ Wednesday 05-25-22
उषा जोशी

अबिरले पोतिएको तिम्रो मुहार,धान्नै नसकिने फूलको हार ,
केवल अखवारमा छापिने अनि सामाजिक सन्जालमा राखिने मात्र हुन भने,
कुनै हर्ष मनाउने रहर छैन सङ्गीतमा!
नत बधाईका औपचारिक शब्दहरु नै लेख्नुछ तिम्रो जीतमा!!

तिम्रा हजारौ प्रतिबद्द्ता र मिठा कुराहरु, 
बिश्वास गर्न हिच्किचाइ रहेछु म बिगत दोहोरिने डरमा!!
किन कि यस्ता हजारौ प्रतिबद्द्ता र घोषणा पत्रहरु कोरिएकाछन हिजो र अस्तिहरुमा!
अनि ,लाखौ आस्वासनका पोकाहरु छोडिएका छन बस्तीहरुमा !!

हरेक पटक निर्वाचन आउदा तिमी आउछौ!
बस्ती बस्तीमा गै मेरा दुखहरु भजाउछौ!!
म विगत भुलेर तिमीहरुले बाडेको सपनालाइ आफ्नो बनाउछु!!
अनि तिमीले भनेकै संकेतमा छाप लगाउछु !!!
तर, हरेक पटक म हार्छु केवल तिमीलाइ जिताउछु!!!!

तिमीले  दरबारिया राणा शासन  हटाएर प्रजातन्त्र आए दिन फेरिन्छ भन्ने नारा लाउदा ,
२०४६ को पञ्चायत बिरोधी जन आन्दोलनको नाम लिएर आउदा,
 १२ बर्शे जन युद्ध अनि ६२र ६३ को सयुक्त जन आन्दोलनको गीत गाउदा,
हरेक पटक शीरमा कफन बाधेर लडेको छु!
तिमीले विश्वास घात गरेपनी पटक पटक विश्वास गरेको छु!!

बिगतमा तिमीले कयौ  सिउदोहरु पुछ्यौ१ हजारौ काख रित्तो बनायौ !!
लाखौ अपेक्षाका मुनाहरु गर्भमै तुवायौ !
विकाशको नाममा बिनास मात्र निम्तायौ !!
न आफू फेरियौ नत अरुलाइ फेरिन सिकायौ !
जति पटक आउदा पनि  केवल सपना बाड्न आयौ !!
गरिवका बस्तीहरु झन झन गरिव बनायौ!!!

कहिले विपीको समाजवाद भन्दै आयौ!
माक्स, लेलिन र माओवाद  भनेर आयौ!!
गणतान्त्रिक लोकतन्त्र स्थापना गर्छौ भन्दै 
पुरानो सम्विधान जलायौ !!!
राजाले देश लुटे भन्दै रास्ट्रपति चाहिन्छ भन्न लगायौ !!!!
तिमीले जे जे भन्दै गयौ म मान्दै गए !
सुख , समृद्धी र विकासको  पर्खाइमा नेता  छान्दै रहे !!
हरेक बर्ष केवल नया बजेट भाषण आयो !
न समृद्धी आयो न विकास आयो !
केवल भ्रस्टाचार र महङ्गी मौलायो !!

यस पटक फेरि ठुलो बिस्वासका साथ तिमीलाइ चुनेकी छु!
तिमीले बाडेका हरेक सपनाको एउटा माला उनेकी छु !!
त्यो  सपना साकार भयो भने मात्र तिम्रो गुणगान गाउने छु!
हातमा अबिर अनि फूलको हार बोकेर विजय उत्सब मनाउने छु!!