Close This

खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने

बुधबार असार १, २०७९/ Wednesday 06-15-22
Paschim Today

डोटी,१ असार ।  खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिममै पहिलो पटक ३२ किलोमिटर लामो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको हो ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले प्रतियोगिताका लागि भिडियो डकुमेन्ट्री पठाउन सूचना सार्वजनिक गरेको छ । असार ८ गतेभित्र ईमेल मार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाइसक्नु पर्ने सूचनामा उल्लेख छ ।

भिडियो डकुमेण्ट्रीमा खप्तड क्षेत्रको सौन्दर्य, प्राकृतिक तथा जैविक विविधता, ऐतिहासिकता, साँस्कृतिक तथा धार्मिक महत्व झल्किने हुनुपर्ने समितिको कार्यालयले जनाएको छ । अंग्रेजी वा नेपाली भाषामा तयार गरिएको भिडियो डकुमेण्ट्री बढीमा ७ मिनेटको हुनु पर्ने बताइएको छ ।

उत्कृष्ट एक भिडियो डकुमेण्ट्रीलाई ६० हजार रुपैयाँ नगद पुरस्कार दिइने समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए ।

May be an image of one or more people and text