Close This

वर्षौँको झगडापछि गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिँदै भने, ‘रिल्याक्स, तपाईंसँग केही समस्या छैन’

बिहीबार असार २, २०७९/ Thursday 06-16-22
Paschim Today

बलिउड अभिनेता गाबिन्दा र उनका भाञ्जा कृष्णा अभिषेकबीचको मनमुटाव समाप्त भएको छ । गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिएका छन् । रिसाएका मामालाई मनाउनका लागि कृष्णाले सार्वजनिक रुपमा थुप्रैपटक माफीसमेत मागेका थिए ।

मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए । कृष्णापछि अब गोबिन्दाले मनिष पोलको शोमा उपस्थिति जनाएका छन् । यति नै बेला उनले आफ्ना भाञ्जालाई माफी दिएका छन् । मनिष पलले सोसल मिडियामा गोबिन्दाको एउटा भिडियो सेयर गरेका छन् जसमा उनले भनेका छन्, ‘कृष्णाले यहाँ आएर माफी मागेका गएका छन् । सर, यदि तपाईंले उनलाई केही भन्नु छ भने कृपया भन्नुहोस् । यो मेरो आग्रह हो ।’

गोबिन्दाले त्यसपछि कृष्णा अभिषेकको माफीबारे बोल्दै भने, ‘कृष्णाका लागि, आरतीका लागि, तपाईंहरु मेरी निकै प्रिय बहिनीका सन्तान हुनुहुन्छ । मैले आफ्नी बहिनीबाट असाध्यै धेरै माया पाएँ । तपाईंहरुले त्यो सुख भोग्न पाउनु भएन । यो कुराबाट म दुःखी छु । मेरो कुनै पनि व्यवहारले तपाईंहरु दुःखी हुनुहोस् भन्ने म चाहन्नँ । तपाईंका लागि सधैँ त्यो माफी छ । कृपया रिल्याक्स हुनुहोस्, तपाईंसँग कुनै समस्या छैन । भगवानले सधैँ तपाईंहरुको रक्षा गरुन्, मिहिनेत गरिराख्नु ।’