Close This

छैसठ्ठी लाख बराबरको अबैध सामान बरामद

शनिबार असार ४, २०७९/ Saturday 06-18-22
Paschim Today

बिरगञ्ज,४ असार । बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

ट्रकमा रहेका सामानको रु ६६ लाख ८८ हजार २४२ मूल्याङ्कन गरी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

विशेष सूचनाका आधारमा बिलभन्दा बढी मूल्य बराबरको विभिन्न किसिमका मेडिकल तथा खुद्रा सामान लोड गरिएको ना ५ख ९६७५ नंको ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो ।