Close This

जबरजस्ती करणी गरी लुटपाट गरेको आरोपमा एक जना पक्राउ

मंगलबार असार ७, २०७९/ Tuesday 06-21-22
Paschim Today

काठमाडौँ, ७ असार । युवतीलाई प्रलोभन देखाई जबरजस्ती करणी र लुटपाट गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका का अन्दाजी २८/२९ वर्षका विश्व तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दीनेशराज मैनालीले बताए । विवाह गर्ने प्रलोभन देखाएर गेस्ट हाउसमा लगी पेय पदार्थ खुवाई युवतीको साथमा रहेको एक लाख रुपैयाँ‚ दुई तोला सुन र एउटा मोबाइल लुटी फरार भएको प्रहरीले जनाएको छ । पीडित महिलाको विस्तृत स्वास्थ्य परीक्षण गराई अनुसन्धानको कार्य सुरु गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

आइतबार राति ११ बजे प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको विशेष टोलीले आरोपित तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।