वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं,१० असार । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। युएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुग्यो। खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।
मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो। नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन्।
तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन। र, नेपाल सेमिफाइनलबाटै बाहिरियो। समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो।
समूह चरणमा तीन खेल जिते पनि नेपाल हङकङसँग भने पराजित भएको थियो । नेपालको ६ अंकसहित समूहको उपविजेता बनेको हो।एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट खेल्न पाउनेछन् । एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्ड रहेका छन्।
तपाईको प्रतिक्रिया