Close This

कैलालीमा सात गोरुगाडा सहित  ३० थान सालको गोलिया बरामद 

शुक्रबार असार १०, २०७९/ Friday 06-24-22
Paschim Today

धनगढी,१० असार । कैलालीमा सात गोरुगाडा सहित  ३० थान सालको गोलिया बरामद गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा ३ रानिकुन्डाको खल्ला खेतबाट शुक्रबार बिहान ४ बजे  गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सब डिभिजन बन कार्यालय बर्दगोरिया  र सब  डिभिजन बन कार्यालय साडेपानीले सो काठ बरामद गरेको हो ।

यस्तै तीन जना जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरिया वडा ६ विशालनगर बस्ने ४० वर्षीय दीर्घ बिक, ३८ वर्षीय रमेश बिक र ३६ वर्षीय अर्जुन बिक रहेका छन् । बाँकी चार जना  भने फरार रहेको बुझिएको छ ।

बरामद गरिएको काठ , गोरुगाडा  सब डिभिजन बन कार्यालय बर्दगोरिया कम्पाउन्डमा राखिएको छ ।  पक्राउ परेका तीन जनालाई आज नै थप कानुनी कारबाहीका लागि  डिभिजन वन कार्यालय धनगढी चलान गरिएको डिभिजन बन कार्यालय पहलमानपुर   प्रमुख  गोकुल रिजालले बताए ।