Close This

छठ पूजा सेवा समिति धनगढीद्धारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

शनिबार असार ११, २०७९/ Saturday 06-25-22
Paschim Today

धनगढी,११ असार ।  छठ पूजा सेवा समिति धनगढीले आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।

अत्यधिक गर्मीका कारण अस्पतालहरूमा बिरामीको चाप बढेसँगै रगतको समेत अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए । उनले सम्पूर्ण रक्तदातालाई धन्यवाद समेत दिए ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले विगत केहिदिन यता रगतको अत्यधिक माग बढ्दै गइरहेको बेला छठ सेवा समितिले गरेको रक्तदान कार्यक्रमले केही राहत पुग्ने बताए ।