बालबालिकाहरूको सहयोगार्थका लागि एक विशेष कार्यक्रमको आयोजना हुने 

शनिबार असार ११, २०७९/ Saturday 06-25-22
Paschim Today

धनगढी ,११ असार ।  नेपाली काँग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति, डेनमार्कले  नेपालमा अटिजम  भएका बालबालिकाहरूको सहयोगार्थ  एक विशेष कार्यक्रम गर्ने भएको छ । आउँदो २ जुलाई शनिबार डेनमार्कको  कोपेन्हगेन  रोदोभरमा कार्यक्रम आयोजना हुने नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापति यादव बस्नेतले बताए ।

अटिजम भएका बालबालिकाहरूका लागि शिक्षा  र पुनर्स्थापना केन्द्रकी सञ्चालिका  सबिता उप्रेतीले प्रेसेन्टेसन गर्नुहुने र नेपालमा अटिजम भएका बालबालिकाहरूको अवस्थाबारे जानकारी गराउने छिन् ।  

बालबालिका भोलिका देशका बाहक हुन, देश निर्माणको  आधार हुन प्रवासमा बसेका नेपालीहरू  चिन्तित छन् र प्रवासमा रहेर हामी कसरी जोडिन सक्छौ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना  गरिएको सङ्गठनका निवर्तमान सभापति वीरेन्द्र सिंह कार्कीले बताए ।

अटिजम सम्बन्धी जानकारीमूलक प्रेसेन्टेसन् हुने र परोपकारी कर्ममा जोडिने अवसर पनि भएकोले सम्पूर्ण डेनमार्कवासी नेपालीहरूलाई कार्यक्रममा  उपस्थिति हुन कार्यक्रम संयोजक संस्था नेपाली जनसम्पर्क  समितिले हार्दिक अपिल गरेका छन् ।