पुष्पलाल र मदन–आश्रित स्मृति भवनका लागि तीन करोड ७० लाख विनियोजन

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी, १४ असार । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा पुष्पलाल र मदन–आश्रित स्मृति भवनका निर्माणका लागि तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

जसमध्ये तीन करोड ३५ लाख रुपैयाँ पुष्पलाल स्मृति भवनका लागि र ३५ लाख रुपैयाँ मदन–आश्रित स्मृति भवन निर्माणका लागि विनियोजन गरिएको छ ।

प्रदेश सरकारले पुष्पलाल स्मृति भवन निर्माणका लागि कैलालीको गौरीगङ्गामा ६० लाख, धनगढीमा ६०लाख, कञ्चनपुरमा ५० लाख, डोटीको सिलगढीमा १५ लाख, पूर्वी चौकीमा २० लाख, बाजुरामा १० लाख, बडिमालिकामा २० लाख, बैतडी र बझाङमा ३०र३० लाख विनियोजन गरेको छ ।

त्यस्तै मदन–आश्रित स्मृति भवन निर्माणका लागि डडेल्धुरामा १० र अछाममा २५ लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।