दोषी को ?
बुधबार श्रावण ११, २०७९/ Wednesday 07-27-22
उषा जोशी

खै वारि पारि कताका हुन ?
नदी किनारका माझीहरु ।
राजा दोषी हुन कि यहाँ
रैती अनि काजीहरु ?
कसका लागि गरिदैछन्
ठूलाठूला कुराहरु ?
माछासङ्ग जोखिममा छन् ।
माछाकै आफ्ना भुराहरु ।।
कहिलेसम्म टिक्लान यहाँ ?
जाली अनि झेलीहरु ??
बेच्दै अनि रेट्दै यहाँ ।
निर्दोष छोरी चेलीहरु ।।
विकाशको नाममा विनाश,
कहिलेसम्म चल्ने होला ?
सबको लागि निस्पक्ष भै,
चुल्हो कहिले बल्ने होला ??
सत्ता मोह भन्ने रोग,
कहिले निको हुने होला ?
बेचिएकी आमा फिर्ता ,
ल्याउने सपुत कहाँ होला ??
तपाईको प्रतिक्रिया