Close This

धनगढी उपमहानगरपालिकालाई पौने ६ लाख बराबरको औषधि सहयोग

सोमबार श्रावण १६, २०७९/ Monday 08-01-22
Paschim Today

धनगढी,१६ साउन । धनगढी उपमहानगरपालिकालाई पौने ६ लाख बराबरको औषधि सहयोग गरिएको छ। ‘हाम्रो धनगढी हामी बनाउछौं’ महाअभियान अन्तरगत साउन १ गतेबाट सुरु भएको विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा कार्यक्रममा निःशुल्क वितरणका लागि डिबी मेडिसिन सेन्टरले औषधि सहयोग गरेको हो। 

May be an image of 2 people

सेन्टरले ५ लाख ८८ हजार ६ सय ५७ रुपैयाँ बराबरको औषधि सहयोग गरेको उपमहानगरले जनाएको छ।  सोमबार डिबी मेडिसिन सेन्टरका सञ्चालक दुष्यन्त बस्नेतले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई औषधि हस्तान्तरण गरेका छन्।

उपमहानगरपालिकाले साउन १ गतेदेखि निःशुल्क रुपमा विशेषज्ञ सेवासहित स्वास्थ्य उपचारका लागि १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिरहेको छ।