Close This

साफ यु २० मा पराजित नेपाली टोली आज स्वदेश फर्किने

बिहीबार श्रावण १९, २०७९/ Thursday 08-04-22
Paschim Today

काठमाडौं, १९ साउन । यु २० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टीम बिहीबार स्वदेश फर्किन लागेको छ। अखिल नेपाल फुटबल संघका अनुसार  नेपाली टोली अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्नबाटै चुकेको थियो ।  नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।