Close This

बैंकिङ कसुर मुद्दामा १९ लाख बिगो भएका फरार आरोपी पक्राउ

बिहीबार श्रावण १९, २०७९/ Thursday 08-04-22
Paschim Today

काठमाडौं, १९ साउन । बैंकिङ कसुर मुद्दामा फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–७ घर भई काठमाडौंको बानेश्वर बस्ने ४६ वर्षीय दिपक चन्द्र आचार्य छन् ।

राजेश देशेमरुको दिएको जाहेरी अनुसार आचार्य बिरुद्ध १९ लाख ५० हजार बिगो भएको मुद्दा प्रहरी वृत गौशालामा दर्ता भएको छ । आरोपीलाई थापागाउँबाट पक्राउ गरेर थप अनुसन्धानको लागी वृत गौशालामा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले  बताए ।