हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत
शुक्रबार श्रावण २०, २०७९/ Friday 08-05-22
Paschim Today

काठमाडौं, २० साउन । हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजार कित्ता सेयर सूचीकरण भएको हो ।
इतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।
तपाईको प्रतिक्रिया