यसरी हुर्किरहेका छन्, विश्वमा दुर्लभ घडियाल (फोटो फिचर)
शुक्रबार श्रावण २०, २०७९/ Friday 08-05-22
Paschim Today
धनगढी, २० साउन । विश्वमा विभिन्न प्रजातिको गोही पाईन्छन् । जसमध्ये घडियाल दुर्लभ प्रजातिका गोही हुन । नेपालसहित थोरै राष्ट्रमा यो प्रजातिको गोही पाईन्छन् । कैलालीमासमेत पाइने घडियाल गोहीको बर्दिया राष्ट्रिय निकुञ्जमा भने प्रजनन केन्द्र पनि रहेको छ । सो निकुञ्जमा घडियालका बच्चा पनि हुर्काइने गरेको छ । निकुञ्जको नदीमा अहिले घडियाल गोहीसहित त्यसको बच्चा खेलेको, पानी किनारमा बसेको दृश्य निकै मनमोहक देखिने गरेको छ ।
तपाईको प्रतिक्रिया