Close This

डा. केसीको चेतावनी : माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह थाल्छु

शनिबार श्रावण २१, २०७९/ Saturday 08-06-22
Paschim Today
फाइल तस्विर

काठमाडौँ,२१ साउन ।  चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षातर्फ आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नसमेत माग गरेका छन्।

‘हामीले शेरबहादुर देउवा सरकार बनेयता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौँ। हाम्रा मागहरु आगामी तीन साताको अवधिमा पूरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौँ’, विज्ञप्तीमा भनिएको छ।

डा. केसीले तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाउन माग गरेका छन्।

त्यस्तै जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।