Close This

हुण्डीमार्फत कारोबार गरेको अभियोगमा मुद्दा दायर

सोमबार श्रावण २३, २०७९/ Monday 08-08-22
Paschim Today

काठमाडौं, २३ साउन । राजस्व अनुसन्धान विभागले गैरकानूनी रूपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ४ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुंगाना र फणिन्द्रप्रसाद ढुंगाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजंग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुंगानाविरुद्ध सोमवार मुद्दा दायर गरिएको हो । केही समय पहिले प्रहरीले नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ बराबरको रकम पक्राउ गरेको थियो । उनले पैसाको स्रोत खुलाउन सकेका थिएनन् ।

सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो । विभागले बिगो बमोजिमको रकम जफत गरी दोषीमाथि कानूनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो ।