Close This

चितवनको खैरहनीमा श्रीमती मृत फेला, श्रीमानविरुद्ध जाहेरी

सोमबार श्रावण २३, २०७९/ Monday 08-08-22
Paschim Today

चितवन, २३ साउन । चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा बस्ने ४२ वर्षीया लक्ष्मी मिजार आइतबार बिहान मृत फेला परिन् । राति छुट्टै कोठामा सुतेको भनिएकी लक्ष्मी बिहान दराजको ह्याण्डलमा पासो लागेको अवस्थामा मृत भेटिएकी हुन् ।

बिहान अवेरसम्म नउठेपछि आइतबार बिहान साढे १० बजे ढोका फुटाउँदा उनी मृत अवस्थामा भेटिएको उनका पति रमेश मिजारले दाबी गरेका छन् । ४२ वर्षीय रमेशका अनुसार उनी छुट्टै कोठामा सुतेकी थिइन् । तर, माइती पक्षले रमेशको कुरा अस्विकार गरेका छन् ।

रमेशको विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले रातोपाटीलाई बताए । अदालतले ‘थप बुझेर मात्र पक्राउ गर्ने’ आदेश गरेको छ । भरतपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।