Close This

एकैदिन थपिए १ हजार बढी कोरोना संक्रमित, दुई जनाको मृत्यु

मंगलबार श्रावण २४, २०७९/ Tuesday 08-09-22
Paschim Today

काठमाडौँ,२४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ पुगेको छ।

मंगलबार ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८०६ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर २ हजार ९५८ पीसीआर तथा ३ हजार ३४२ एन्टिजेन परीक्षण भएको छ।