Close This

भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

बुधबार श्रावण २५, २०७९/ Wednesday 08-10-22
Paschim Today

वीरगन्ज, २५ साउन । वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा रोकी राखिएको भारतीय नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ ।

मंगलबार राति ११ बजे ड्राईपोर्ट–परवानीपुर सडक खण्ड स्थित पवनपुत्र पेट्रोल पम्प देखि करिब एक सय मिटर उत्तर तर्फ बहुअरी चोकमा रोकि राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रक खनतलासी गर्दा एक सय ४३ केजी ५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सन्तोष कुमार बस्नेतले जनाए ।

विशेष सूचनाको आधारमा गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त ट्रकको सवारी चालक क्याबिन माथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला पारेको बस्नेतले जनाए । आवश्यक कारवाहीका लागि ट्रक र गाँजा जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको छ ।