Close This

गरिमा बैंकको संस्थापक सेयरको बिक्री खुला

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौं, २६ साउन । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा बिक्री खुला गरेको छ । गत बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर विद्यमान शेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको हो ।

बैंकका अनुसार उक्त संस्थापक शेयरमा इच्छुक सेयरधनीले ३१ भदौभित्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

संस्थापक सेयरको मूल्य प्रतिसेयर १०० रुपैंयाँ तोकिएको भए पनि सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्न सकिने बैंकले जनाएको छ । यसरी बोलकबोल पेस गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्तादेखि सो अधिकतम सोभन्दा बढी कित्ताका लागि आवेदन दिन पनि सकिने व्यवस्था बैंकले गरेको छ।