Close This

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौं,२६ साउन ।  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अभिनेता केसी विकास बोर्डको अध्यक्ष नियुक्त हुन अयोग्य भएको दाबी गर्दै बिहीबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितलाई विपक्षी बनाइएको रिटमा उनको नियुक्ति खारेजीको माग गरिएको छ। साउन ९ गते (सोमबार)बसेको मन्त्रिपरिषद्‌ बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।