Close This

कक्षा १२ को नतिजा भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौं,२६ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा आगामी भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ।

परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले भदौ तेस्रो हप्ताभित्र नतिजा प्रकाशित गर्नेगरी प्रकृया अघि बढाइएको जानकारी दिए।

कक्षा-१२ को परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार करिब चार लाख परीक्षार्थीहरूले १२ को परीक्षा दिएका छन्।