Close This

कोटेश्वरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौं, २६ साउन । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् ।

बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।