Close This

महाकाली नदीमा बगेर बैतडीका दुई किशोरी बेपत्ता

शुक्रबार श्रावण २७, २०७९/ Friday 08-12-22
Paschim Today

बैतडी,२७ साउन ।  महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका छन्।बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका-८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

नुहाउने क्रममा शुक्रबार दिउँसो १ बजे नगतडीबाट महाकालीमा बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको थियो।

किशोरीहरू बेपत्ता भएको खबर पाउनासाथ नेपालतर्फका सबै सुरक्षा निकाय परिचालन गरिएको छ।