Close This

देशभर थप ६२३ जनामा कोरोना पुष्टि, ४८७ डिस्चार्ज

शुक्रबार भदौ ३, २०७९/ Friday 08-19-22
Paschim Today

काठमाडौँ,३ भदौ । नेपालमा २४ घण्टामा ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६२१ पीसीआर परीक्षणमा २४६ र ३ हजार ३२४ एन्टीजेन परीक्षणमा ३७७ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा जम्मा ४ हजार ९४५ नमुना परीक्षण भएको थियो ।२४ घण्टामा निको हुनेको संख्या ४८७ रहेको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २४ रहेको छ ।२४ घण्टामा १० हजार ९९० जनाले खोप लगाएका छन् ।