Close This

जीवनका अनेक मोडहरू...

शनिबार भदौ १८, २०७९/ Saturday 09-03-22
Paschim Today

जीवनका अनेक मोडहरू भए पनि चलिरहेछ                        
कता कता जिन्दगीमा के के हुदोरहेछ                        

कसको भरमा कसरी चल्दो रहेछ
सबै परिस्थिति सँग सम्झौता गर्नुपर्दो रहेछ           
यो जीवन कसरी हो कसरी चलिरहेछ
 बिहान,दिउसो र राति भएर जान्छ

सजिलो , असजिलो परिस्थिति सँग सम्झौता गर्नुपर्छ
के सोचेर हाँसो उठ्छ,किन मन रुन्छ
जीवन सधैँ आफ्नो बेगमा चलिरहेछ
आफै भित्र जिन्दगीले गिज्याई रहेछ

के खाने, कहाँ बस्ने केही थाहा छैन
छोराछोरीलाई के खुवाउने भोकै छन्
गरिबीको जीवन यो कता कता नमिलेको जस्तो
आफ्नो अस्तित्व जगाउन संङघर्ष गरौँ कस्तो

जिन्दगीले संङघर्ष गरी केही गर्न खोजिरहेछ
स्वास्नी, छोराछोरीको पेट भर्न समय खर्च भइरहेछ

नाम : गोबिन्द राज ओझा                           
ठेगाना : दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी