Close This

सुदूरपश्चिम समाज कोरियाको अध्यक्षमा सुवर्णकार

शनिबार भदौ २५, २०७९/ Saturday 09-10-22
Paschim Today

धनगढी,२५ भदौ । सुदूरपश्चिम समाज कोरियाको अध्यक्षमा सन्तोष सुवर्णकार चयन भएका छन् । समाजको १६ औँ साधारण सभाबाट सुवर्णकारको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा डिल्लीराज पनेरु,महासचिवमा वीर भण्डारी,उपाध्यक्षमा टेकराज पनेरु,मदन ढकाल,भीमबहादुर जाग्री चयन भएका छन् ।

यस्तै सचिवमा विक्रम जोशी र रविन रिजाल चयन भएका हुन् । समाजको कोषाध्यक्षमा  टंकेश्वर खड्का, सह कोषाध्यक्षमा दिल बोहरा चयन भएका हुन् ।

सदस्यमा ओम साउद, तीर्थराज पनेरु, प्रेमबहादुर खड्का, टेकराज ओझा,योगेश बोहरा, वसन्त बोहरा, अमर भट्ट,मानबहादुर विष्ट, विकास बोहरा चयन भएका हुन् ।

यस्तै समाजको १६ औँ साधारण सभाबाट जिल्ला संयोजक पनि चयन गरेको छ । जसअनुसार भोजबहादुर चन्द (कञ्चनपुर) नेत्रबहादुर कुँवर (डोटी), दशरथसिंह पाली(डडेलधुरा),समीर रावल (अछाम),देवेन्द्र क्षेत्री (दार्चुला), डबल चन्द (बैतडी) चयन भएका हुन् ।