Close This

रहेनन् भारतीय कमेडियन श्रीवास्तव

बुधबार असोज ५, २०७९/ Wednesday 09-21-22
Paschim Today

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो ।सन् २००५ को कमेडी सो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'को पहिलो सिजनबाटै उनले ख्याति कमाएका थिए ।

उनी 'बिग बोस'को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।उनले 'मैने प्यार किया', 'बाजिगर', 'आम्दानी अठन्नी खर्च रुपैयाँ' र 'बम्बई टू गोवा'को रिमेकमा समेत अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्षसमेत भएका थिए ।