Close This

उडीरहेको जहाजमा पाइलटको मृत्यु

बुधबार असोज ५, २०७९/ Wednesday 09-21-22
Paschim Today


रुसको नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको छ । 
ती पाइलट ककपिटमै बितेपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । 
घटना आइतवार बेलुकी ७ः४० मा भएको हो । भीएम डट् रु नामक रुसी समाचार वेबसाइटले दिएको समाचारअनुसार, एम्बुलेन्स टोली विमान अवतरण गर्नुभन्दा १० मिनेटअघि विमानस्थल पुगेको थियो । 
उडानका क्रममा पाइलटको स्वास्थ्य बिग्रेको थियो । त्यसपछि कोपाइलटले विमानलाई ओम्स्क विमानस्थलमा अवतरण गरेका थिए । पाइलटको निधन के कारणले भएको भनी खुलाइएको छैन ।