Close This

कैलालीमा श्रीमतीको हत्या गरि श्रीमान् फरार

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

धनगढी, ६ असोज । कैलालीमा श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन्। 

वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ। शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र आज बिहान घटना घटाइ फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छउनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका छन् ।

उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ। शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।