बंगलादेशविरुद्ध खेल्ने नेपाली टोली घोषणा

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today
तस्विर : एन्फा

काठमाडौं,६ असोज ।   बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। 

यसअघिका प्रशिक्षम मोहमद अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् भने रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन्। नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्ने छन्। नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ

सुनील बल, आयुष घलान, आभास लामिछाने, संजोग राई,

फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी