भलिबलको प्रदेशस्तरीय छनोटमा डोटी विजयी

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

धनगढी, ६ असोज । धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हासिल गरेको छ ।

आज भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको डोटी टिमका म्यानेजर गणेश कठायतले बताए ।

यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको डोटी टिमका प्रशिक्षक लाल जोराले बताए ।धनगढी स्थित कवडहलमा प्रतियोगिता भएको थियो ।