Close This

डा.गोविन्द केसीले तोडे अनसन

शनिबार असोज ८, २०७९/ Saturday 09-24-22
Paschim Today

काठमाडौँ,८ असोज । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ दिनदेखि अनसन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएसँगै अनसन तोडेका हुन्। त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन्।

डा. केसी र सरकारबीच साझा समझदारी भएपछि सहमति भएको छ। सरकारी वार्ता टोली र डा।केसीले सहमतिमा हस्ताक्षर गरेका छन्। 

डा. केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिए।तोकिएको दरबन्दीअनुसार चिकित्सक खटाउने सहमति भएको छ।