डेङ्गुले महामारीको रुप लियो, सरकार गम्भीर हुन सकेन : नेता सिंह

आइतबार असोज ९, २०७९/ Sunday 09-25-22
Paschim Today

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा लिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञाना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले जनस्तरमा अनुभूत हुने गरि सरकारले काम गर्नुपर्ने बताए ।

सिटामोल पनि भनेको समयमा नपाएको भन्ने गुनासो रहेकाले यसप्रति सरकार गम्भीर हुन नसकेको उनको गुनासो थियो । नेता सिंहले मुलुक संकटमा परेको समयमा कांग्रेसले नै निकास दिने गरेको निर्वाचनमा कांग्रेसलाई अवसर दिएमा राजनीतिक स्थायित्व कायम हुने जिकिर गरे ।  कांग्रेसले अवसर पाए जनतालाई महसुस हुने गरी काम गर्ने उनको दाबी थियो ।

स्थानीय साधन स्रोतको परिचालन गर्ने र पर्यटन क्षेत्रको बिकास मार्फत रोजगारीको सृजना गरि युवा वर्गलाई स्वदेशमै राख्न सकिए मात्र देशले विकासमा फड्को मार्ने नेता सिंहको भनाइ थियो ।