Close This

डोटीबाट पूर्व मन्त्रि प्रेम बहादुर आले गठबन्धनका साझा उम्मेदवार

आइतबार असोज ९, २०७९/ Sunday 09-25-22
Paschim Today

धनगढी, ९ असोज । सत्ता साझेदार गठबन्धन दलले डोटीबाट प्रतिनिधि सभाको निर्बाचनमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व पर्यटन मन्त्रि प्रेम बहादुर आलेलाई साझा उम्मेदवारका रुपमा उठाउने निर्णय गरेको छ ।

सत्ता साझेदार गठबन्धनले डोटीबाट समाजवादीबाट पूर्व मन्त्रि आलेलाई उम्मेदवार बनाउने तय गरेसंगै नेपाली काँग्रेसले कैलालीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्बाचनमा नेपाली काँग्रेसका सुदूर पश्चिम प्रदेश सभापति बीर बहादुर बलायरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि डोटीमा आले र बलायरबीच प्रतिस्पर्धा भएको थियो । दुबै जना पूर्व मन्त्रि हुन् । दुबै जनाको अडानका कारण डोटीमा यसअघि सहमती जुट्न सकेको थिएन ।