Close This

डेंगी संक्रमित साढे २४ हजार पुगे, २९ को मृत्यु

आइतबार असोज ९, २०७९/ Sunday 09-25-22
Paschim Today

काठमाडौं, ९ असोज । नेपालमा डेंगी संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । हाल संक्रमितको संख्या २४ हजार ४ सय ९२ पुगेको छ ।

२०६१ सालदेखि देखिन थालेको भए पनि गत साउनदेखि हालसम्म मात्रै २४ हजार ४९२ संक्रमित पाइएका हुन् ।  डेंगीबाट २९ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार संक्रमित भएका छन् ।