Close This

चोरी आरोपमा वडासदस्य पक्राउ

आइतबार असोज ९, २०७९/ Sunday 09-25-22
Paschim Today

पोखरा, ९ असोज । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नं। १ का खरजंग गुरुङ रहेका छन् । उनी वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गुरुङलाई असोज ५ गते राति १२ बजे वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

गुरुङलाई चोरी आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । गुरुङले चोरी गरेको पाइपको मूल्य करिब १४ लाख रुपैयाँ हुने बताइएको छ ।