Close This

रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला, पूर्वसांसदसहित दुई जनाको मृत्यु

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
एजेन्सी

एनेन्सी,  क्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन् ।

आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् । युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो । आक्रमणबारे किभले कुनै प्रतिकृया दिएको छैन् ।

सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ । आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु पनि रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।