नेपाल माल्दिभ्ससँग पराजित

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
रासस

काठमाडौं, १० असोज । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।

प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो खेल यही असोज ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग यही असोज १२ गते खेल्नेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन ।