Close This

आज सोमबार सुनको मूल्य स्थिर , चाँदीको घट्यो

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
Paschim Today

काठमाडौं, १० असोज । सोमबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।