Close This

धनगढीमा १८ लाखको अबैध सामान बरामद 

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
Paschim Today

धनगढी, १० असोज । धनगढीमा भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।

बोलेरो जीपमा भारतबाट ल्याइँदै गरेका किराना पसलको सामान धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले सोमबार बिहान बरामद गरेको हो । कुल १८ लाख २२ हजार बराबरको सामग्री कम्प्युटर पाट्र्स, कपडाहरू बेवारिसे अवस्थामा जीपसहित भेटिएपछि बरामद गरिएको गणपति धनबहादुर सिंहले बताए ।

अहिले उक्त सामानहरू नियमानुसार भन्सार कार्यालय त्रिनगरमा बुझाइएको गणपति सिंहले बताए ।